काल्खु मेलामा साँस्कृतिक कार्यक्रम, मंगलबारदेखि भलिबल हुने
स्याङ्जा | बैशाख १, २०८२
स्याङ्जा: जनसम्पर्क युवा क्लबको आयोजनामा स्याङ्जाको पुतलीबजार नगरपालिका ९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेलामा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
‘आजको आवश्यकता, समाज विकासमा युवाको अपरिहार्यता’ भन्ने मुल नारासहित गत चैत्र पुर्णिमा (३० गते) देखि सुरु भएको मेलामा दुई दिन सांगीतिक कार्यक्रमको आयोजना भएको क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए ।
उनका अनुसार नव वर्षको अवसरमा आइतरबार र सोमबार ख्याती प्राप्त लोक तथा दोहोरी कलाकारहरु चोलेन्द्र पौडेल, माया गुरुङ, कृष्ण गुरुङ, घनश्याम रिजाल, शंकर पन्त, निश्चल थापा मगर, पारु गुरुङ र ममता तामाङले प्रस्तुती दिनेछिन् । भने, २ गते रेशम थापामगर, अर्चना चापागाँई र होम गुरुङले प्रस्तुती दिए ।
अब मंगलबारदेखि गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु हुनेछ । यस्तै नृत्य प्रतियोगिता पनि आयोजना हुने अध्यक्ष रानामगरले बताए ।
उनका अनुसार भलिबलतर्फको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ ।
सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिनेछ ।
यसैगरी नृत्य प्रतियोगितातर्फ प्रथम हुनेलाई ८ हजार रुपैयाँ, द्वित्तिय हुनेलाई ६ हजार, तृतीय हुनेलाई ४ हजार र सान्त्वना स्थान हाँसिल गर्नेलाई नगद रु २ हजारसहित पुरस्कृत गरिने प्रमुख सल्लाहकार जिवन थापामगरले जानकारी दिए ।
उक्त कार्यक्रम यही पञ्चमीसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

